निर्वाचन आयोगका अनुसार स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत सिद्धार्थनगर नगरपालिका प्रमुखमा नेपाली कांग्रेस उम्मेदवार इश्तियाक अहमद खान ९,१३४ मत ल्याई विजयी भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय प्रजातन्त्र पार्टी उम्मेदवार सागर प्रताप राणालाई ९९७ मतान्तरले पराजित गरेका हुन् । पराजित सागर प्रताप राणाले ८,१३७ मत ल्याएका छन् ।
यस्तै उपप्रमुखमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)की उम्मेदवार उमा अधिकारी ८,८१३ मत सहित विजयी भएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय प्रजातन्त्र पार्टीकी उम्मेदवार बिनिता गुप्ताले ६,५४४ मत ल्याएकी छन् ।