निर्वाचन आयोगका अनुसार स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत राजविराज नगरपालिका प्रमुखमा जनता समाजवादी पार्टी, नेपाल उम्मेदवार भीमराज यादव ९,६२४ मत ल्याई विजयी भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) उम्मेदवार शम्भुप्रसाद यादवलाई ४,८१७ मतान्तरले पराजित गरेका हुन् । पराजित शम्भुप्रसाद यादवले ४,८०७ मत ल्याएका छन् ।
यस्तै उपप्रमुखमा जनता समाजवादी पार्टी, नेपालकी उम्मेदवार इसरत परविन ७,२६४ मत सहित विजयी भएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी उम्मेदवार शुशिलाकुमारी यादवले ४,४२७ मत ल्याएकी छन् ।