निर्वाचन आयोगका अनुसार स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत त्रियुगा नगरपालिका प्रमुखमा नेपाली कांग्रेस उम्मेदवार वसन्तकुमार बस्नेत १३,९५९ मत ल्याई विजयी भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले) उम्मेदवार भागवत राउतलाई २,०८६ मतान्तरले पराजित गरेका हुन् । पराजित भागवत राउतले ११,८७३ मत ल्याएका छन् ।
यस्तै उपप्रमुखमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)की उम्मेदवार महेश्वरी राई १३,७०३ मत सहित विजयी भएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी उम्मेदवार सरिता राईले ११,९८१ मत ल्याएकी छन् ।
त्रियुगा नगरपालिका उदयपुर जिल्लामा पर्दछ । यस नगरपालिकामा कूल जनसंख्या १,०४,३७५ रहेको छ भने कुल मतदाता संख्या ६०,०४६ रहेको छ । जसमा २९,६९३ पुरुष र ३०,३५१ महिला रहेका छन् । यस नगरपालिकामा १६ वडा छन् ।