निर्वाचन आयोगका अनुसार स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत शिवसताक्षी नगरपालिका प्रमुखमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) उम्मेदवार मेगाहाङ्ग थोप्रा २१,३७४ मत ल्याई विजयी भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेस उम्मेदवार पर्शुराम ढुंगानालाई ४,९११ मतान्तरले पराजित गरेका हुन् । पराजित पर्शुराम ढुंगानाले १६,४६३ मत ल्याएका छन् ।
यस्तै उपप्रमुखमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)की उम्मेदवार नरमाया कार्की १४,१५५ मत सहित विजयी भएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उम्मेदवार महेन्द्र भट्टराईले ९,५२५ मत ल्याएका छन् ।