निर्वाचन आयोगका अनुसार स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत भद्रपुर नगरपालिका प्रमुखमा नेपाली कांग्रेस उम्मेदवार गणेश पोखरेल १२,५२५ मत ल्याई विजयी भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले) उम्मेदवार असारु राजवंशीलाई २,७६६ मतान्तरले पराजित गरेका हुन् । पराजित असारु राजवंशीले ९,७५९ मत ल्याएका छन् ।
यस्तै उपप्रमुखमा राष्ट्रिय प्रजातन्त्र पार्टीकी उम्मेदवार राधा कार्की ९,२३० मत सहित विजयी भएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उम्मेदवार शिवकुमार राजभण्डारीले ८,५३३ मत ल्याएका छन् ।