निर्वाचन आयोगका अनुसार स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत जगदुल्ला गाउँपालिका अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) उम्मेदवार नारासिं रोकाया ७७० मत ल्याई विजयी भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले) उम्मेदवार हेमबहादुर महतारालाई २४ मतान्तरले पराजित गरेका हुन् । पराजित हेमबहादुर महताराले ७४६ मत ल्याएका छन् ।
यस्तै उपाध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)की उम्मेदवार अमरिता बोहोरा ७५९ मत सहित विजयी भएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले)की उम्मेदवार चन्द्रावती थापाले ७४९ मत ल्याएकी छन् ।