निर्वाचन आयोगका अनुसार स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत कृष्णनगर नगरपालिका प्रमुखमा नेपाली कांग्रेस उम्मेदवार रजत प्रताप शाह ५,६०६ मत ल्याई विजयी भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय प्रजातन्त्र पार्टी उम्मेदवार दिपक रजौरीयालाई १,४९४ मतान्तरले पराजित गरेका हुन् । पराजित दिपक रजौरीयाले ४,११२ मत ल्याएका छन् ।
यस्तै उपप्रमुखमा नेपाली कांग्रेसकी उम्मेदवार आरतीदेवी चौधरी ५,६९१ मत सहित विजयी भएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी, नेपालकी उम्मेदवार आरतीसिंह यादवले ३,२८२ मत ल्याएकी छन् ।